You Are Here: Home - Adult , Health , latest news - जानी राखौ सेक्स गर्दा यौनि एकदम किन पोल्छ ?

ताजा ताजा समाचार पढ्न यी पेज Like गर्नुस
 हामीलाई थाहै छ, यौनसम्पर्क एक आनन्ददायक क्रियाकलाप हो। सम्भवतः यौन सम्पर्कबाट नै मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द  प्राप्त गर्छ। असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नाम पनि यौनसम्पर्कको आनन्दसँग जोडिएका छन्, तर सबै यौनसम्पर्क  सुखमय नहुन सक्छन्, त्यसैले यौनसम्पर्क किन पीडायुक्त हुन्छ भन्ने विषयमा केही कुरा गरौं।

योनि सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पीडा हुन्छ  र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ। तपाईंको सन्देशमा पर्याप्त जानकारी नभएकाले  यसै भन्न सकिने स्थिति भएन। पर्याप्त मात्रामा यौन उत्तेजना नभएको स्थितिमा योनि रस नै आएको हुँदैन। यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले पोल्ने समस्या हुन्छ। यौनसम्पर्कका दौरान त्यतातिर ध्यान नगएको हुन सक्छ, तर सम्पर्क सकिएपछि पोलेको अनुभव हुनसक्छ।

यौनसम्पर्क राख्दा महिलाहरूमा पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ। यसले गर्दा योनि शोथ गराउन सक्छ। यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउँछ। त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ। तपाईंले त्यस्तो लक्षणका बारेमा केही लेख्नुभएको छैन।  शंका भए श्रीमान्-श्रीमती  दुवैको परीक्षण तथा उपचार एकसाथ गर्नुपर्छ।
योनिशो थका कारण यो समस्या थपिन सक्छ। अनावश्यक रूपमा धेरै डुस दिएर योनि सफा गर्ने बानी, केही हार्मोनयुक्त औषधीको प्रयोग, योनिमा  चोटपटक (नङ, अन्य वस्तुवाट वा यौनसम्पर्ककै कारणले हुने) पनि यसको कारण हुन सक्छ। कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडा अनुभव हुने  सम्भावना पनि छ। यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर  वा डर भएका कारणले यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचित र कडा हुन्छ। यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा  पीडा हुनसक्छ।

0 comments

Leave a Reply